आज कुन देशको मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

डिसी नेपाल
२२ चैत २०८० ७:३६
56
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। अमेरिकी डलरको भाउ आज ०८ पैसाले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८० पैसा कायम गरिएको छ। यसअघि बुधबार एक डलरको खरिदमूल्य १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ कारोबार भएको थियो।

बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ६० पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ २४ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा युरो ५६ पैसाले बढेको छ । बुधबार युरोको खरिदमूल्य १४३ रूपैयाँ ०४ पैसा र बिक्रीमूल्य १४३ रूपैयाँ ६८ पैसा कायम गरिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३३ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ३१ पैसाले बढेको हो । बुधबार यसको खरिददर १६७ रूपैयाँ २७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०२ पैसा रहेको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७८ र बिक्रीदर ८७ रूपैयाँ १७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ १५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५९ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८२ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९१ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ०१ पैसा र बिक्रीदर २८ रूपैयाँ १४ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ८३ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ७८ पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *