आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार तेस्रो हार

डिसी नेपाल
२५ चैत २०८० १६:३६
528
Shares

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ।

एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९।४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो।

नेपालका लागि अर्जुन कुमालले सर्बाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए। त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५(१५ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउदै २८४ रन बनाएको थियो।

आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

यो जितसँगै आयरल्याण्ड वोल्भ्सले एकदिवसीय सिरिज ३-० ले जितेको छ । यस अघि आयरल्याण्ड वोल्भ्सले टी(२० सिरिज २(१ ले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.