लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार जाँदै

डिसी नेपाल
२८ चैत २०८० १४:५७
80
Shares

काठमाडौं। लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन्। नेपालगञ्ज म्याराथनले बुधबार गोपीका लागि बिदाइ गरेको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले बिदाइ गरे। लन्डन म्याराथन वैशाख ९ गते हुनेछ।

राखेप सदस्य सचिव घिसिङले गोपीलाई सफलताको शुभकामना दिंदै उनको हवाई टिकट राखेपले उपलब्ध गराउने जानकारी दिएका थिए। चाइना ट्रेडका अध्यक्ष महर्जनले शुभकामना दिंदै गोपीलाई लि निङको‌ ट्रयाक सुट र टिसर्ट हस्तान्तरण गरेका थिए।

नवौं धारा नेपालगञ्ज म्याराथनको‌ उपाधि जित्दै गोपी लन्डन म्याराथनका लागि छनोट भएका थिए। नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा‌ सहभागिता निश्चित गरेको हो।

गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ। गोपीले तयारी राम्रोले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.