एसीसी प्रिमियर कप : हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य
Lalit Narayan Rajbanshi of Nepal celebrates the wicket of Mohammad Aizaz Khan of Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024.
Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर लिगको समूह चरणको खेलमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १८ ओभरको खेलमा १७.५ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको हो ।
वर्षाका कारण करिब १ घण्टा ढिलो सुरु भएको खेल १८ ओभरमा छोट्याइएको हो । नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशीले र दिपेन्द्र सिंह ऐरीले २– २ विकेट लिए । करण केसीले१ विकेट लिए ।
हङकङका लागि अंशुमन रथले सर्वाधिक ३४ रन बनाए । जीसान अलीले १४, निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । नेपालले अब केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment