एसीसी प्रिमियर कप : हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

डिसी नेपाल
३ वैशाख २०८१ १४:२२

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर लिगको समूह चरणको खेलमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १८ ओभरको खेलमा १७.५ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको हो ।

वर्षाका कारण करिब १ घण्टा ढिलो सुरु भएको खेल १८ ओभरमा छोट्याइएको हो । नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशीले र दिपेन्द्र सिंह ऐरीले २– २ विकेट लिए । करण केसीले१ विकेट लिए ।

हङकङका लागि अंशुमन रथले सर्वाधिक ३४ रन बनाए । जीसान अलीले १४, निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । नेपालले अब केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *