कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

डिसी नेपाल
७ वैशाख २०८१ ११:२४
528
Shares

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गा तथा अन्य संरचनामा प्रशासनले सिलबन्दी गरेको छ।

बिहीबार राति प्रहरीसहित पुगेको प्रशासनको टिमले लैनचौर बैंक्वेटसहितका भवनमा सिलबन्दी गरेको हो। स्काउटको तीन रोपनी जग्गा भाडामा लिएका कांग्रेस सांसद खड्काले थप ९ रोपनी जग्गासमेत कब्जामा लिएका थिए।

सांसद खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्टले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो। सम्झौताको म्याद २०७५ मै सकिए पनि खड्काले अहिलेसम्म सो जग्गा छोडेका थिएनन्।

उनले सम्झौताअनुसार भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ भुक्तानी नगरेको स्काउटले आरोप लगाइरहेको छ। खड्काले आफुले लिएको सो जग्गा र भवन अरूलाई भाडामा लगाइरहेको पाइएको छ।

स्काउटको सम्पत्ति खाली गर्न अदालतले यस अघि नै आदेश दिए पनि सरकारले खड्कालाई अहिलेसम्म हटाएको थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *