बारपाकमा आज सार्वजनिक बिदा

डिसी नेपाल
१२ वैशाख २०८१ ७:४०
184
Shares

काठमाडौं। गोरखाको बार पाक सुलीकोट गाउँपालिकाले वैशाख १२ गते आज सार्वजनिक बिदा दिइएको छ। मंगलवार बसेको गाउँ कार्यपालिकाको बैठकले आज वैशाख १२ गते बिदा दिने निर्णय गरेको हो।

२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पले गोरखाको बारपाकमा ७.६ म्यागनीच्युडको भूकम्पमा परी दिवङ्गत भएका नागरिकहरूको सम्मान तथा सम्झनामा आज बिदा दिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जनाएका छन्।

गाउँ कार्यपालिका बैठकले बार पाक सुलीकोट गाउँपालिका भित्रका सरकारी कार्यालय, गैरसरकारी कार्यालय विद्यालय तथा बैङ्क तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

त्यस्तै बार पाक सुलीकोट गाउँपालिकाको वडा न १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा गाउँपालिकाको तर्फबाट आज दिउँसो ११ः ४५ बजे श्रद्धाञ्जली सभाको आयोजना गरिँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.