प्रचण्डमा चरम सत्तामोह देखियो : डा. भट्टराई

डिसी नेपाल
१९ वैशाख २०८१ १४:५३

काठमाडाैं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डमा चरम सत्तामोह देखिएको बताएका छन्।

१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीले बुधबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा भट्टराईले सत्ताका लागि प्रचण्डले जोसुकैसँग पनि समिकरण गर्ने र तोड्ने गरेको आरोप समेत लगाए।

माओवादी आन्दोलनका केही नेताहरुको आग्रहमा प्रचण्डलाई यसअघिको निर्वाचनमा सहयोग गरेको र गोरखाबाट जित हासिल गर्न सफल भएको भन्दै भट्टराईले चुनाव जितेपछि प्रचण्डले खोला तर्‍याे लौरौ बिर्सियाे जस्तो व्यवहार देखाएको जनाए।

उनले प्रचण्डप्रति आफ्नो विश्वास नरहेपछि माओवादीभित्रका केही व्यक्तिले नयाँ ढंगको आन्दोलनका लागि जानुपर्छ भनेकाले नै साझा चुनाव चिन्ह लिएर निर्वाचन लडेको बताए।

उनले पार्टीले नयाँबाटो तय गरेको भन्दै देशलाई बिकल्प दिएरै छाड्ने दाबी गरे। पुराना शक्तिहरुलाई जतिसुकै दयामाया गरेपनि उनीहरु सच्चिनेवाला नरहेको उनले बताए।

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म देशमा राजनीतिक स्थिरता र सुशासन कायम हुनै नसक्ने उनले बताए। उहाले अब पार्टीभित्र कुनै पदाधिकारी नरहेको भन्दै प्रत्यक्ष निर्वाचित पदाधिकारी चयन गर्नेसहितको नयाँ पार्टी अभियानको घोषणा समेत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *