श्रमिक दिवस कम्युनिष्ट पार्टीको पनि उत्सव हो: उपमहासचिव पोखरेल

डिसी नेपाल
१९ वैशाख २०८१ १८:२६
8
Shares

अत्तरिया। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले श्रमिक दिवस मजदुरको मात्र नभई कम्युनिष्ट पार्टीको पनि उत्सव भएको धारणा राखेका छन्।

आज १३५ औँ मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यसलाई एकता र संघर्षको रुपमा अगाडि बढाउनुपर्ने धारणा राखे।

उनले भने, ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न तरिकाले आ–आफ्नो देशको विशिष्टता एवं राष्ट्रिय परिवेशमा मनाउने गरिन्छ। संविधानले निर्दिष्ट गरेका मौलिक हकलाई कार्यान्वयन गर्न यसलाई सदुपयोग गर्नुपर्ने छ।’

उपमहासचिव पोखरेलले सरोकारवाला पक्षले मजदुरको पक्षमा बनाइएका कानुनलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई संगठित गर्ने कामलाई व्यावहारिकरुपले अघि बढाउनुपर्नेमा जोड दिए।

त्यस्तै उनले मजदुर विकसित हुन समयअनुसारको प्रविधिको जानकार हुनुपर्ने बताए। उनले भने, ‘श्रमिकले औजार चलाउन जान्नुपर्ने हुन्छ, जानेन भने रोजगारी पाउन समस्या हुन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *