सहकारी समस्या समाधानका लागि समिति गठन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

डिसी नेपाल
२१ वैशाख २०८१ ६:०५

काठमाडौं। सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गर्दै सोको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीको समस्यालाई समाधान गर्न प्राथमिकता दिँदै अध्यक्ष नियुक्त गरेको हो।

बैठकले वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ। वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको जानकारी दिइन्।

उनले दुई पक्षीय वार्ताको लागि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा परराष्ट्रका अधिकारीहरू सम्मिलित वार्ता टोली र प्रतिनिधि मण्डल गठन हुने बताइन्।

मन्त्रीपरिषद् बैठकले देशभर भएका डडेलोले पुर्‍याएको क्षति न्युनिकरण तथा राहत उद्द्धारका लागि संघ प्रदेश र स्थानिय तीनै तहको समन्वय र सहकार्यमा गर्ने निर्णय गरेको छ।

क्षतिपूर्ति र राहतका विषयमा केहि ऐन तथा कानुनी झन्झट मिलाउनुपर्ने देखिएको र त्यसमा पनि मन्त्रिपरिषद्मा गम्भीर छलफल भएको मन्त्री शर्माले जानकारी दिइन्।

मन्त्री शर्माले देशभर भएका आगलागीका घटनामा गम्भीरतापूर्वक छलफल भएको बताइन्। संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर आगलागीका घटनाको न्यूनीकरण गरेर जानुपर्ने भन्ने निर्णय भएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *