सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

डिसी नेपाल
२१ वैशाख २०८१ १७:१२
12
Shares

काठमाडौं। सरकारले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले रु एक सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर नयाँ नक्सा राखेर डिजाइन परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको जानकारी दिइन्।

बैठकले ६ जना राजपत्राङ्कित विशिष्ट श्रेणी सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ भने भारतमा भइरहेको निर्वाचनको अवलोकनका लागि निर्वाचन आयोगका प्रमुख दिनेश थपलीयालाई स्वीकृत प्रदान गरेको प्रवक्ता शर्माले बताइन्।

बैठकले विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर करिव १३ अव ३३ करोड रुपैया बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ भने नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायीक सहयोगको क्षेत्रमा सम्पन्न हुने सहझादारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न सर्वोच्च अदालतका मुख्य रजिष्टार वा रजिष्टारलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।

त्यस्तै बैठकले राष्ट्रिय सूचना प्रविधि विकास समिती गठन आदेश २०५८ खारेज गर्ने निर्णय गरेको छ। त्यस्तै नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *