एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली
नवलपरासी। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्। एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भने।
उनले भने, ‘मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ।’ यसैबीच अध्यक्ष ओलीले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गरेका छन्। सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गरेका हुन्।
अध्यक्ष ओलीले आज नै सुस्ता क्षेत्रसमेतको निरीक्षण गरेका थिए। सो अवसरमा उनले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गरे। ‘तत्कालीन शासकले सीमा रक्षा, स्वाधिनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो। तर हामिले अहिलेसम्म पनि यो आवाज उठाउँदै आईरहका छौ,’ उनले भने। अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षणसमेत गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment