राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातकः डा. महत

डिसी नेपाल
२२ वैशाख २०८१ १६:४०
44
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएका छन्।

शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसलेअस्थिरता निम्ताएको भए पनि यो नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताए।

उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृत्तिलाई निष्तेज बनाउनुपर्ने धारणा राखे। अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाडै टुंगीने उनले बताए।

उनले चाडै बिकास र स्थिरताप्रति समर्पित सरकार आउने दाबी गरे। महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने बताए।
उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा व्यक्त गरे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *