भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने

डिसी नेपाल
२२ वैशाख २०८१ १९:०४
40
Shares

जनकपुर। भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ।

त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ। इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *