लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

डिसी नेपाल
२२ वैशाख २०८१ २३:१८

तुलसीपुर। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि चीन भ्रमणमा गएको छ।

शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सभामुख घर्तीसहित उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी, प्रदेशसभा सचिव दुर्लभकुमार पुन चीन भ्रमणमा गएका हुन्।

छोङ्गचिङ अन्तर्राष्ष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा उनीहरु चीन गएको प्रदेशसभा सचिवालले जनाएको छ। भ्रमणका क्रममा चीनको छोङ्गचिङ म्युनिसिपल पिपुल्स कंग्रेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको र भ्रमणले छोङ्गचिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबीचको सञ्चार सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको सभामुख घर्तीले बताए। छोङ्गचिङ महानगर चीनको ठूला चार महानगरमध्ये एक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *