तीन वटा संसदीय समितिको बैठक आज बस्दै

डिसी नेपाल
२३ वैशाख २०८१ ९:५९

काठमाडौं। आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान ११ बजे  कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्ने भएको द्ध । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण राजनीतिक, वित्तिय तथा प्रशासनिक संघीयता, समितिले संघीयता सबलीकरणको लागि गर्नुपर्ने थप कार्यहरुबारे छलफल हुनेछ ।

आजै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० उपर दफावार छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *