आम जनता पार्टीको भन्सार विभागकाे धर्नामा प्रहरी हस्तक्षेप, दर्जनौं गिरफ्तार

डिसी नेपाल
२३ वैशाख २०८१ १६:३१
128
Shares

काठमाडौं। भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले शन्तिपूर्ण धर्नामा दमन गरेको भन्दै दर्जनौंलाई गिरफ़्तार गरेको आम जनता पार्टीले जनाएको छ।

आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन गरिएको शान्तिपुर्ण आन्दोलनको मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारद्वारा गरिएको व्यापक दमन एवं धड़पकड़को भर्त्सना गरेका छन्।

देशको समृद्धिसँग जोड़िएको यो ऐतिहासिक संघर्षमा गिरफ़्तार भएका भन्सार कानून सुधार संघर्ष समितिको संयोजक रन्जु कुमारी साह, स्क्राप हक हित फाउण्डेशनको अध्यक्ष संजय साह, आजपाको उप महासचिव मनोज कुमार यादव लगायतका कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको आम जनता पार्टीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *