सन्दीपको मुद्दा सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा

डिसी नेपाल
१ जेठ २०८१ ११:२१
520
Shares

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज हुँदैछ। मुद्दा सुनुवाईका लागि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा पेशी परेको छ।

गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो।

गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो।

मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो। त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो।

सुनुवाइका क्रममा अब देवानी तथा फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पनि सन्दीपका पक्षमा बहस गर्ने भएका छन्।

सन्दीपको कानुनी टिमको संयोजन गरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरेले पहिलेको टिममा बिडारीसहित तीनजना वरिष्ठ अधिवक्ता थपिएको जानकारी दिए। याेसँगै सन्दीपको पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या १२ पुगेको छ। जसमध्ये नौजना सुरुदेखि अर्थात् जिल्ला अदालत काठमाडौंमा भएको बहसदेखि नै सन्दीपको कानुनी टिममा छन्।

अधिवक्ता घिमिरेका अनुसार वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, वरिष्ठ अधिवक्ता सविता भण्डारी, अधिवक्ताहरू मुरारी सापकोटा, रोशनी पौड्याल, रामकुमार माझी र रामेश्वर न्यौपानेका साथै संयोजनकर्ता सरोजकृष्ण घिमिरे आफैं छन्।

गौशाला २६ द्वारा दायर बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाएको छ। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन्। उच्च अदालतमा यसअघि पाँचपटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ सरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.