सशस्त्रमा ६ डीआइजी बढुवा हुँदै, १४ एसएसपी प्रतिस्पर्धामा
काठमाडौं। सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डीआईजी) का ६ पद रिक्त भएपछि केही दिनमा बढुवा निकाल्ने तयारी भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आजै जनकपुर जाने कार्यक्रम भएकाले एकाध दिन ढिलो हुने सशस्त्र प्रहरी बल मूख्यालयले जनाएको छ।
डिआइजी बढुवाका लागि १४ एसएसपीबीच प्रतिस्पर्धा चलेको छ। डीआईजीहरु कमल गिरी, शम्भु सुवेदी र कुलबिक्रम नेम्वाङले डीआइजीको पाँच वर्षे पदावधिका कारण बिहीबारदेखि अवकाश पाएसँगै ६ पद रिक्त हुँदा उनीहरुबीच प्रतिस्पर्धा चलेको हो। ६ मध्ये एक पद कानून निर्देशनालयतर्फ र बाँकी ५ वटा प्रशासनतर्फ छन्। कानूनतर्फ एसएसपी युवराज अर्याल एक्लो दाबेदार हुन्।
त्यस्तै, प्रशासनतर्फ मात्र १३ जना एसएसपीबिच पाँच पदका लागि प्रतिस्पर्धा हुनेछ। जसमा प्रबीण कँडेल, दिगबिजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधव पौडेल, उद्धव न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण ढुंगाना र शंकर खनाल छन्।
उनीहरुमध्ये पहिलो नम्बरमा रहेका कँडेल नेपाल प्रहरीबाट स्थानान्तरण भएर आएको र कार्यसम्पादन पनि कमजोर रहेकाले उनको सम्भावना न्यून छ। बाँकी १२ जना सशस्त्र प्रहरीको सिंस २ का अधिकृत हुन्।
यो ब्याचका दीपेन्द्र कुँवर र विष्णु भट्ट गत वर्ष नै डीआइजी भइसकेका छन्। यसपटक चुनावी सरकार भएकाले कार्यसम्पादनको निष्पक्षता हेरेर बढुवा हुने सम्भावना छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment