हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन सुरु (फोटो फिचर)

डिसी नेपाल
१३ असोज २०८३ १९:१५

सुर्खेत। हुम्लामा असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण अवरुद्ध सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउन मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। हिमपात रोकिएपछि सडक खुलाउने प्रयास थालिएको हो।

हिमपातका कारण सिमकोट–हिल्सा सडकका विभिन्न स्थानमा बाक्लो हिउँ जमेको छ। हिउँका कारण सडकमा यातायात सञ्चालन हुन नसकेपछि सुरक्षाकर्मी परिचालन गरी बाटो खुलाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काका अनुसार हिमपात रोकिएपछि सडकमा जमेको हिउँ हटाउन सुरक्षाकर्मी परिचालन गरिएको हो।

सिमकोट–हिल्सा सडक हुम्लाको उत्तरी क्षेत्रलाई जिल्ला सदरमुकाम सिमकोटसँग जोड्ने प्रमुख सडक हो। सडक अवरुद्ध हुँदा उत्तरी हुम्लाका स्थानीयवासी तथा यात्रुको आवतजावत प्रभावित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *