मधेशको चनौटे डाँडा गर्मी छल्ने उत्कृष्ट पर्यटकीय हव बन्दै

डिसी नेपाल
३ जेठ २०८१ ८:१५
32
Shares

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ ।

यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई समेत वन्न सक्छ ।

किन भने विहारका जिल्लाहरुवाट यहाँ ३५ किलोमीटर मात्र दुरीमा छ भने मधेश प्रदेशको मध्यविन्दुमा पर्दछ । छोटो दुरीमा उच्च पहाडी जिल्लाको जस्तो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाईने यो ठाउँ मधेश र विहारका मानिसहरुका लागि कम खर्चिलो समेत वन्ने देखिन्छ ।

बर्दिवास नगरपालिकाको खयरमारावाट ४ किलोमीटर मात्र माथी उक्लेपछी पाइने हावापानी वाहय र आन्तरिक पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण आधार वनेको छ ।

जुनार र सुन्तला पनि यहाँ पाईन्छ । त्यसो हुँदा कत्ती चिसो हावापानी पाईन्छ भन्ने भनिरहनु नै परेन । उधोग बाणिज्य संघ बर्दिवासका चौधरी महतोले भने, ‘यो मधेशको दोश्रो भेडेटार जस्तै वन्न सक्छ’

प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकिय गन्तव्य वनाउन सकिने गतिलो आधार भएतापनी प्रचारप्रसारको अभावमा गुमनाम देखिएको चनौटे डाँडो अथाह पर्यटकिय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरुले नै प्रमाणित गर्दछ ।

ञप्रचुर सम्भावनाहरु वोकेर पनि ओझेलमा परिरहेको छ । सोही वडाका वडा अध्यक्ष गोपाल वलले भने,’गर्मी छल्न उच्च पहाडी जिल्लामा जाने तराईवासी र नजिकै सिमाना जोडिएको विहारका मानिसहरुलाई यतै रोक्न सकिन्छ’

यतिवेला मधेशमा अत्याधिक गर्मी छ । यहाँका मानिसहरु चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लाहरुमा जाने क्रम वढेको छ भने नजिकै सिमाना जोडिएको भारतको विहार प्रदेशका मानिसहरु गर्मी छल्न केहीदिनका लागि भएतापनी सिन्धुली, रामेछाप, दोलाखा जस्ता जिल्लाहरुमा वाक्लै जाने गरेको तथ्यांकले देखाउछ ।

औपचारिक मापन हुन नसकेतापनी स्थानियहरु यो ठाउँ मधेशको नै सर्वोच्च चुरे पहाड भएको दावी गर्छन्। १० बर्षे जनयुद्ध हुर्काउन उर्वर भुमिकोरुपमा प्रयोग भएको यो ठाउँलाई माओवादीका पुर्व लडाकुहरुले अहिले पनि निक्कै श्रद्धाका साथ लिने गर्दछन् । यसैकारणले यो ठाउँमा सहिद पार्कको पारम्भिक शिलान्यास गरिएको थियो । जस्लाई प्रधानमन्त्री प्रचण्ड स्वयम् पुगेर शिलान्यास गरेका थिए ।

स्थानियका अनुसार विकटताका कारण निर्माण सामाग्री पुर्‍याउन नसक्दा केही योजनाहरुमा अपुरा नै वने ।

‘नेपालको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ जत्ती मनोरम छ त्यति नै ऐतिहासिक विरासत समेत वोकेको छ । स्थानिय बिष्णु भण्डारीले भने, ‘मधेशको छोटो दुरीमा पाईने यो हावापानी वास्तवमा प्राकृतिक वरदान हो ।’

भौगोलिक भु-धरातल र फुसका घरहरुले निक्कै विकट लाग्ने यो ठाउँवाट पुरै तराई नियाल्न सकिन्छ । समुन्द्री सतहवाट झण्डै ७ सय मिटर उचाईमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्यू टावर पनि भन्ने गर्दछन । स्थानियका भनाईअनुसार दुई दशक अघिसम्म याँहा घनावस्ती थियो । विकटता कै कारण मानिसहरु बसाई सरेर कतिपय बर्दिवास पुगे भने कतिपय खयरमारा बजारतिर आएर बसे ।

औलो रोगवाट वच्न खयरमाराका मानिसहरु समेत यहीँ डाँडामा आएर बस्ने गरेको स्थानिय काजी वहादुर कार्की बताउँछन् ।

यहाँबाट गौरिसंकर हिमालदेखी प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेशका चुरे शृङ्खलाहरुलाई स्पष्ट दृश्यावोलोकन गर्न सकिन्छ । सिन्धुलीको गढी समेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोश्रो गढीकोरुपमा समेत व्याख्या गर्ने गरेका छन् ।

अचम्मलाग्दो त काहानिर छ भने यो ठाउँमा जुनार र सुन्तलाका बोटहरु देखिनु मधेशकोलागी सवैभन्दा अनौठो बिषय हो । उच्च पहाडी भेगमा पाईने सुन्तला, जुनार पाईनुले पनि यहाँको हावापानीलाई आफै प्रमाणित गरेको छ ।

पर्यटकिय गन्तव्यको खोजी अभियान अन्तर्गत बर्दिवास उधोग बाणिज्य संघको नेतृत्वमा सनिवार याँहा पुग्दा धेरै मानिसहरुले चनौटे डाँडालाई मधेशको हिमालकोरुपमा चित्रण गरे ।

उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले चनौटे डाँडा मधेशको महत्वपूर्ण पर्यटकिय गन्तव्य वन्न सक्ने र यस्लाई सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने वताए ।

उनले यो उचाईवाट दृश्यावोलकन गर्न सकिने मधेशका फाटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको वताउदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र पर्वद्वनमा कार्ययोजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिए ।

बर्दिवास नगर सांस्कृतिक तथा पर्यटन पर्वद्वन समितिले पनि चनौटे डाँडाको विषयमा थप खोज र अनुसन्धान गर्ने प्रतिवद्वता जनाएको छ ।

समितिका अध्यक्ष हिरा गौतमले मधेश र विहारमा प्रचण्ड गर्मी कारण चिसोको खोजीमा रहेका आन्तरिक र वाहय पर्यटकको लागि चनौटे डाँडा महत्वपूर्ण रहेको वताउदै यस्लाई थप प्रचारप्रसार गर्ने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *