कथासंग्रह “भुत्ते गाँठो” माथि बेलायतमा परिचर्चा

डिसी नेपाल
२२ जेठ २०८१ ९:५७
176
Shares

बेलायत। कथाकार हरिचन्द्र नेपालीद्वारा लिखित प्रेम र विभेदमा आधारित कथासंग्रह “भुत्ते गाँठो” माथि बेलायतमा परिचर्चा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

बेलायतको कोभेन्ट्री शहरमा आयोजित कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, साहित्यिक र बौद्धिक ब्यक्तित्वहरुको उत्साहजनक उपस्थितीमा प्रेम र सामाजिक विभेदमा आधारित कथासंग्रह “भुत्ते गाँठो” को परिचर्चा भव्य रुपमा सम्पन्न भएको हो।

एनआरएन यूकेका प्रमुख संरक्षक एवम् समाजसेवी शेरबहादुर सुनारको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा सहित्यकार विजय हितान (ब्रयन) ले कथा संग्रह “भुत्ते गाठो” बारे समालोचन गरेका थिए।

अतिथी साहित्यकार भरत कुमार श्रेष्ठ (विवस), नोप्स यूरोपका अध्यक्ष,अर्जुन सुनार , कोभेन्ट्री नेपाली समाजका अध्यक्ष सन्तोस रेग्मी, सुनगाभा सांस्कृतिक समूहका प्रतिनिधि प्रताप दर्जी, गीतकार बाबुराम भुसाल, बौद्धिक ब्याक्तित्वहरू डा. प्रदिप लामिछाने, डा. निता पौडेल लगाएकले कथाकार हरिश्चन्द्र नेपालीले सामाजिक विषयलाई उठान गरि कृति प्रकाशन गरेकोमा प्रसंसा गर्दै अगामी दिनहरूमा पनि निरन्तर कलम चलाइ राख्न सुझाव दिनका साथै शुभकामना दिएका थिए।

कार्यक्रममा उपस्थित समाजसेवीहरु शुवास अधिकारी, नविन गौथम, प्रकास आचार्य, एलिना संग्रौला लगाएतले कथाबारे टिप्पणीसहित विचार राखेका थिए।

प्रकासक निर्मला नेपालीसहित उपस्थित रहेको कार्यक्रमा ललित परियारले उद्घोषण गरेका थिए भने कथाकार हरिश्चन्द्र नेपालीले कथा लेखिनुको कारणसहित उपस्थित सम्पूर्णलाई उपस्थितिका लागि धन्यवाद दिएका थिए।

कार्यक्रमलाई सफल पार्न मुख्य भुमिका निर्वाह गर्नुहुने दुर्गा लाल सुनारले कार्यक्रम स्थलमा भैपरि आउने स्वास्थ्य सुरक्षा (हेल्थ एनड फेप्टी) बारे जानकारी दिँदै भुत्ते गाँठो पुस्तक सम्पूर्ण सहभागीलाई वितरण गरेका थिए।

पुस्तक बिक्रीबाट आएको रकम शत प्रतिसत कास्कीको बिकट क्षेत्रमा रहेको माछापुच्छ्रे गाउपालिका ३, घाचोक स्थित श्री जनजागरण सामुदायिक नमुना विद्यालयलाई सरस्वती भक्त मेमोरियल ट्रस्ट पोखरा मार्फत प्रदान गरिने समेत कथाकार नेपालीले जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.