रेलमार्गको सर्भे टोलीको गाडीमा आगजनी

डिसी नेपाल
२ साउन २०८१ १६:५५
272
Shares

चितवन । चितवनमा रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार भरतपुर महानगर– ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि आगजनी गरेका थिए।

गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको थियो। उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले बताए। सचिव नेपालका अनुसार सो टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो। आज वडा नं. ७ मा सर्भे गर्दागर्दै सयौँ स्थानीय भेला भएर विरोध गरेका थिए।

पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका छन्। चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.