यी खेलाडीले लगातार पाँच ओलम्पिकमा स्वर्ण पदक जितेर इतिहास रचे

डिसी नेपाल
२३ साउन २०८१ १६:३९
124
Shares

काठमाडौं । क्युवाली पहलवान मिजान लोपेजले लगातार पाँच ओलम्पिकमा एउटै खेलमा लगातार पाँच स्वर्ण पदक जितेर इतिहास रचेका छन् ।

अबको केही सातामा ४२ वर्ष पुग्न लागेका लोपेजले चिलीका रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान आफ्नो नाममा बनाएका छन् ।

उनले पुरुष ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा स्वर्ण पदक जितेर लगातार पाँचौं पटक व्यक्तिगत उपाधि जितेका हुन् ।

मिजान लोपेजले आफ्नो पाँचौं स्वर्ण पदक जितेपछि आफ्नो जुत्ता म्याटमा छोडेर बाहिरिएका थिए । उनले यसो गर्नुलाई उनले ग्रीको-रोमन कुस्तीबाट सन्यास लिएको भनिएको छ । तर, उनले औपचारिक रुपमा घोषणा भने गरेका छैनन् ।

यसअघि उनले लगातार चार पटक स्वर्ण पदक जित्ने कीर्तिमान कार्ल लुइस (लङ जम्प), माइकल फेल्प्स (२०० मिटर पौडी), केटी लेडेकी (स्विमिङ ८०० मिटर फ्रीस्टाइल), अल ओर्टर (डिस्कस थ्रो) पल एल्भस्ट्रोम (बोटिङ) र काओरी इको (कुश्ती) सँग साझा गरिरहेका थिए ।

लोपेज तीन वर्षपछि सन्यासबाट फर्किएका हुन् । मिजान लोपेजले आफ्नो २३ ओलम्पिक खेलमध्ये एक खेलमा मात्र हार बेहोरेका छन् । लोपेज २००४ एथेन्स ओलम्पिकमा क्वार्टरफाइनल खेलमा हारेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.