अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन

डिसी नेपाल
२९ साउन २०८१ १९:५९
332
Shares

मध्यविन्दु। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा सडक भासिएपछि अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ।

सडक भासिएपछि आज विहानैदेखि पहाड कटान सुरु गरिएको थियो। कटान कार्य आज पूरा नभएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय (नवलपरासी बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेमा सोमबार साँझ सडक भासिएको थियो। सो क्षेत्रमा आज बिहानदेखि दिउँसो २ बजेसम्म अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाएर मर्मत गरिएको थियो। सुरक्षाको दृष्टिकोणले जोखिम हुने राति काम नगर्ने र भोलि बिहान ८ बजेदेखि पुनः काम सुरु गरिने पौडेलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *