सार्फीको नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण, गभर्नर अधिकारी अध्यक्ष चयन

डिसी नेपाल
१९ भदौ २०८१ १७:३९
12
Shares

काठमाडाैं। साउथ एशिया रिजनल फाईनान्सीयल इन्कुलजन इनीसियटिभ (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ। नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको नयाँ अध्यक्ष चयन भएका छन्।

मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलाइन्स फर फाइनान्सीयल इन्क्लुजन ग्लोबल पोलिसी फोरमको बैठक चलिरहेको छ।

उक्त बैठकत अन्तर्गत आयोजित पाँचौ सार्फी लिडरसिप राउन्डटेबल का क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो। सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे।

बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई सार्फीको उपाध्यक्ष चयन गरेको छ। यसअघि सार्फीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्पmबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *