सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा छलफल
काठमाडौं। रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
आज बिहान बुढानिलकण्ठस्थित ठाकुरको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको छ।
पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment