नेप्सेमा ५८ अंकको गिरावट, ५ अर्बको कारोबार

डिसी नेपाल
८ असोज २०८१ १५:१९
148
Shares

काठमाडौं। नेप्सेमा आज ५८ अंकको गिरावट आएको छ। मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा रोकिएको हो।

आज ३०९ कम्पनिको कारोबार हुँदा एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१  हजार ३५६ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज स्वरोजगार लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ८.८१ प्रतिशतले बढेको छ। त्यस्तै, आज हिमालयन हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १८ करोड ४१  लाख ६३ हजार ६६ बराबरको शेयर कारोबार भएको छ।  त्यस्तै आज प्रभु सेलेक्ट फन्डको शेयरको सबैभन्दा बढी ८ लाख ४० हजार ४९८ कित्ता शेयर कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *