नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको १५ औं वार्षिक साधारण सभा सम्पन्न, छैंठौं कार्यसमिति गठन

डिसी नेपाल
१६ असोज २०८१ ११:१५
20
Shares

काठमाडौं। नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। एसोसिएसनको बार्षिक साधारण सभा सोमबार दिउँसो काठमाडौँको नक्सालमा सम्पन्न भएको हो।

उक्त सभाले छैंठौं कार्यसमिति गठन पनि गरेको छ। सभाले कार्यसमितिको अध्यक्षमा एनआईसी एशिया क्यापिटल लिमिटेडका रामेन्द्र रायमाझीलाई चयन गरेको छ।

यस्तै, उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडका मनिस नारायण जोशी, महासचिवमा गरिमा क्यापिटल लिमिटेडका निर्मल भट्टराई, कोषाध्यक्षमा एनआइएमबी एस क्यापिटल लिमिटेड शिवान्त ब. पाडें चयन भएका छन्।

यस्तै, सदस्यहरूमा सिद्धार्थ क्यापिटल लिमिटेडका सन्दीप कार्की, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका लेखनाथ पोखरेल, कुमारी क्यापिटल लिमिटेडका पुष्पा शर्मा चयन भएका छन् ।

त्यसैगरी, विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधिहरू सामेल समेत रहेका उक्त नयाँ कार्यसमिति सदस्यहरु नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

उक्त समितिको मुख्य ध्यान पूँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहने एसोसिएसनले जनाएको छ ।

उक्त सभाको निर्वाचन प्रक्रिया सकारात्मक र सहकार्यपूर्ण वातावरणमा सम्पन्न भएको थियो जसले संघको एकता र भविष्यप्रतिको साझा दृष्टिकोणलाई झल्काएको छ । नव निर्वाचित समितिले वित्तीय क्षेत्रका सरोकारवालाहरू र नियामक निकायहरूसँग नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको सहकार्यलाई अझ बलियो बनाउन लक्ष्य राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *