कविता : दशैंको खुशी र रोदन

शंकरप्रसाद रिजाल
१९ असोज २०८१ ७:१४
216
Shares

दशैं त आयो कतिलाई उस्तै, रुने र हाँस्ने दिन रात जस्तै
धनी रमायो सब चीज खाई, गरीब रोयो सब ऋण लगाइ
कति छ यसको महिमा अपार, हिन्दुहरुको यो ठूलो छ चाड
रमाइ हिँड्ने दिलदेखि सारा, दुर्गा भवानी सबको सहारा

मान्छेहरुको घरमा छ बास, दुर्गा भवानी पुजिएर खास
चंगा उडाइ पिङ मचाई, बसेर रम्छन् सब यी दिनैमा
हिमाललाई हिउँनै छ प्यारो, गरीबलाई अति नै छ गाह्रो
लाग्दैन कैहिल्यै उसलाई घाम, तीर्थै घुमाएपनि चार-धाम

धनी रमाउँछन् महलमा जमेर, गरीब चाहिँ झुपडी कुरेर
रम्यो रमायो यसले तमाम ,तर,बडादशैं नहोस बे–लगाम
जुवा र तास धनीको भतेर, गरीब रुने मन भित्र हेर
टीका लगाई जमरा जमाइ, खुशी छन् सारा जगतै रमाइ

निधार शोभा अति भिन्न लाग्छ, मानौं सबैको सब भाग्य जाग्छ
टीका छ यसको अति भाग्यमानी, लगाउनु सबैले अति मूल्य जानी
टीका सँगै आशिषको बहार, भाग्य र भविष्यको ढोका उघार
परम्परा यो सबलाई मिठो, रमाउँछन् सबै भरपुर पुष्ट

हाँसेर रम्छन् हरपल घडीमा, बसेर खान्छन् सब आफ्नो घरमा
बडाहरुको उपदेश अर्ति उम्रिरहन्छन् सब बुद्धि शक्ति
पाइन्न यो भुलेर फेर, अखण्ड बत्ति यसको बलेर
जलेर सारा दुःख पाप हानि जन्मिरहन्छन् सुख शान्तज्ञानी

दुर्गा भवानी सतसप्तचण्डी पूजा र पाठ सुन शंख घन्टी
आओस मनैमा सबको बहार, सर्बत्र फैलोस बिजयको उपहार
न क्लेश आओस मनमा कसैको, न दम्भ आओस जगमा कसैको
गरीब धनी हुँदै जाउन, समान सबको बनी

नरहुन् कोही दुःखी, जोगी सन्यासी कोही पनि
दुर्गा भवानीले गरुन् रक्षा, सबैको भाग्यमा अनि
बलोस् धप धप “श्री” सबको, यश फैलियोस् जताततै
टुसओस प्रेमको अंकुर दुःखी माथि दया रहोस्

राष्ट्र औं अन्तरराष्ट्रमा सबैको नाम सधैं रहोस्
म गर्दछु यही कृपा, बडादशैं सुखी रहोस्

२०८१ आश्विन महिनाको तीनदिने बर्षा बाढी र पहीरो

रोकेको सरी झैं थियो त्यो बर्षा राम्रै थियो देशमा
पानीको भर छैन है यो प्रकृतिको आश्विन मैनाहा।

यो महिना दशश गते गगनमा आकाश बादल भरी
आएथ्यो त्यो नील गगनमा सर्बत्र छाए सरी।

गते एघारको राति पनि पर्न सुरु भयो
कसले बुझ्न सके र देशमा बर्षाद थुप्रै भयो।

चम्के चट्याङ चौतर्फी मेघ त्यो गर्जियो जसै
बर्शियो पानीको धारा आकासै पल्टियो त्यसै।

पानीको आरी उल्टियो बितण्डा मच्चिँदै गयो
सारा खोला नदी तीरका घरहरु बगाउँदै गयो।

पानीको भेलाले आज डुब्यो सम्पूर्ण देशनै
साराको मनको इच्छा छिया छिया भएर नै।

साना कलिला बालक नानी बुढा बुढीहरु
बिते दशैंका बेला खाउँला पिउँला भन्नेहरु।

कहाली लागदो दृश्य जताततै छ देखने
यो दृश्य कस्तो होला कति यो दुःख पोखने।

हेर नेपालीको जीवन किन यस्तो भइ गयो
के नेता कुन हो राजा नेपाल कस्तो भइ गयो।

धनीको घर गाडी टल्किन्छ यो बडा दशैं महा
बिचरा गरीबको छाती चर्किने यही महान पर्वमा।

नेता भए सबै थोत्रा लोभी लुला र लंगडा
नांगियो देशको लाज यी सबै जना नागिँदा।

आदेश पानीको हात हाललाई मुख बोल्ने
सबै नेता भए अन्धा सोझा जनता बीच घुमने।

रोएका छन् सबै जनता आज नेपाल देशमा
बाडीले भइ गयो सारा ध्वस्त देश नेपालमा।

अब के लाउने खाने हो जनता सब पीडितले
सक्तिन म हेर्न सक्तिन यो मेरो आत्म दाहले।

रोएको छु सधैं आज त्यो सबै दृश्य देखिँदा
रोकेको छु मनको आँसु त्यो सबै दृश्य घुम्दा।

को नेपाली त्यस्ता छन जसको आँसु खस्दैन र
को सेवक त्यस्ता छन जसको हात बढ्दैन र।

आशा पीडितको शोक त्यो अन्त्य कहिले होला
जिउँदा मानिसको धोको त्यो राम्रो जहिले होला

आँखामा आँसुका धारा बर्सेका छन् सबैतिर
किनार नदीको बस्ती डुबेका छन् सबैतिर

कहाली लाग्दो दृश्य नपरोस् हेर्न त्यो कैलही
यस्तो दुःख र पीडाको बेदना खप्न जैलही।

बिदेसीजनको मन फुकोस् यसमा बेसरी
पर्खी बसेका छन् यी मानिस तिम्रोलागी सधैँभरी।

नबल्झिने यो घाउ अब मनमा बल्झियो सधैं
को नेपाली झुकेका छैनन् र यो आजको विपदमा सधैं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *