मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई हरायो

डिसी नेपाल
१ मंसिर २०८१ २२:०३
340
Shares

काठमाडौं। नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो। डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोलसँगै नेपाल विजयी भएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको सुरूवातमै जेलस्पीजंग कार्कीले नेपाललाई अग्रता दिलाए। ७८औं मिनेटमा रोहितले करियरकै पहिलो गोल गर्दै टोलीलाई २–०को जित दिलाए।

नेपालले बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार ब्यहोरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.