भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
हाल पेट्रोलको पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर तोकिएको छ।
त्यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा प्रतिलिटर पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ तोकिएको छ। त्यस्तै एलपी ग्यास प्रतिशिलिन्डर १९१० तोकिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment