स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिँदा रियललाई फाइदा

डिसी नेपाल
२३ मंसिर २०८१ ८:१७
124
Shares

काठमाडौं। जारी सिजनको ला लिगा अन्तर्गत स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिए लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना शनिबार राति अन्तिम समयमा सम्हालिन नसक्दा रियल बेटिससँग २-२ गोलको बराबरीमा रोकिएको हो।

बार्सिलोनालाई बराबरीमा रोक्ने क्रममा थपिएको इन्ज्युरी समय ९४ मिनेटमा बेटिसका असानी डिएओले गोल गरेका थिए। सुरुवाती अग्रता लिएको बार्सिलोनाका लागि खेलको ३९ मिनेटमा लेवान्डोस्कीले गरेका थिए। ६८ मिनेटमा पेनाल्टी पाएपछि बेटिसका लो सेल्सोले गोल फर्काएर १-१ बराबरीमा ल्याए।

८२ मिनेटमा बार्सिलोनाका टोरेजले गोल गर्दै २-१ को स्थितिमा ल्याए पनि बार्सिलोनाले जित निकाल्न सकेन। यो बराबरीसँगै बार्सिलोनासँग अंक तालिकामा प्रतिस्पर्धा गरिरहेको रियल म्याड्रिडलाई फाइदा पुगेको छ।

रियलले आइतबार बिहान राति भएको खेलमा जिरोनालाई ३-० ले हराएको छ। रियलका बेलिंघम, गुलेर र एम्बाप्पेले गोल गरेका थिए। एक खेल कम खेलेको रियलको ३६ अंक छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ३८ अंक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.