भ्रष्टाचारविरुद्धको प्रदर्शनमा उच्च प्रहरी सहभागीता

डिसी नेपाल
२४ मंसिर २०८१ १२:२०
200
Shares

काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

आज माइतीघर मण्डलामा एमनेस्टी इन्टरनेसनलको आयोजनामा भ्रष्टचारविरुद्ध प्रदर्शन गरिएको हो।

प्रदर्शनमा प्रहरीको पनि ठूलो संख्यामा सहभागीता रहेको छ। काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा ‘भ्रष्टाचारविरुद्ध एकजुट होऊँ’, ‘भ्रष्टाचार एउटा घातक रोग हो, जसलाई उपचार गर्नु नितान्त जरुरी छ’, ‘भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा पीडित जनता अब आफैँ सक्रिय हुनुपर्छ’लगायत नारा लिखिएका प्लेकार्ड प्रदर्शनकारीले बोकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.