प्राप्त अधिकारलाई सदुपयाेग गरेर देशकाे विकास निर्माणमा अघि बढ्नुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयाेग गरेर देशकाे विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहकाे शतवार्षिक जन्मजयन्तिका अवसरमा नयाँ बानेश्वर वसन्तनगरमा आयाेजना गरेकाे कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्ताे बताएका हुन्।
उपप्रधानमन्त्री सिंहले नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहकाे शालिकमा माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालकाे महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहकाे याेगदान महत्वपूर्ण रहेकाे बताए।
उनले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिकाे हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवी सिंहले संघर्ष गरेकै कारण उपलब्धी हासिल भएकाे बताए।
‘अहिले संविधानमा रहेकाे समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवी सिंहकै नेतृत्वमा भएकाे आन्दोलनकाे उपलब्धि पनि हो,´ उनले भने।
महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो।







डिसी नेपाल







Facebook Comment