अर्थमन्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
काठमाडौं। अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकैपटक पदस्थापन तथा सरुवा गरेका हुन्।
मेरिटअनुसार पहिलो हुनेले पहिले पोष्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने, दोस्रो हुनेले बाँकी २९ ठाउँ मध्ये एक रोज्ने र मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment