एनपीएलमा आज कुन-कुन टिम खेल्दैछन् ?

डिसी नेपाल
२७ मंसिर २०८१ ७:५७
196
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन्। बिहान सवा ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स खेल्नेछन्।

दुवै टोली अंक तालिकाको पुछारमा छन्। चार खेलमा तीन हारेको पोखरा सातौं र विराटनगर आठौं स्थानमा छन्।

सवा १ बजे हुने दोस्रो खेलमा काठमाडौं र जनकपुरबीच प्रतिस्पर्धा हुनेछ। पाँच खेल खेलेको जनकपुरले चार खेलमा जित हासिल गरेको छ।

तर, प्लेअफ सम्भावनालाई बलियो बनाउन काठमाडौंले आजको खेल जित्नै पर्ने छ। चार खेल खेलिसकेको काठमाडौंले दुई खेल जितेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.