अज्ञात रोगका कारण दाजुभाइको मृत्यु
बैतडी। अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महरा रहेका छन्।
पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार विकासको आज बिहान र विनोदको फागुन ११ गते ज्यान गएको हो। केही दिनदेखि उच्च ज्वरो, बान्ता, शरीर दुख्ने लक्षण देखिएकामा दुवै जनाको मृत्यु भएको उनले बताए।
अज्ञात रोगका कारण एकैघरका दाजुभाइको मृत्यु भएपछि प्रयोगशाला र चिकित्सकको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिए। गाउँभरि यस्ता लक्षणका बिरामी देखिएपछि चिकित्सकको टोली त्यसतर्फ गएको छ। अज्ञात रोगका कारण दुई बालकको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment