एनपिएलः काठमाडौं पराजित, जनकपुर प्लेअफमा

डिसी नेपाल
२७ मंसिर २०८१ १६:०८
360
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै एनपिएलमा पाचौँ जित हासिल गरेको छ। यो जितसँगै जनकपुर एनपिएलको प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।

जितका लागि एक सय दुई रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १५.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। जनकपुरका लागि जिमि निशामले २७ रन बनाए। उनले १७ बलमा एक चौका र तीन छक्का प्रहार गरे। यस्तै हर्ष ठाकेरले २५ तथा मोहम्मद मोहसिनले ७ बलमा तीन चौकाको मद्दतमा १३ रन बनाए।

काठमाडौंका कप्तान करण केसीले दुई तथा शाहब आलम, गेरहार्ड इरास्मस र दिपेश कँडेलले समान एक एक विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौंले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको थियो।

काठमाडौंका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए। सो क्रममा उनले दुई चौकासमेत प्रहार गरे। कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

काठमाडौंको लागि शाहब आलम र माइकल लेविटले समान आठरआठ, रासिद खानले सुात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए।

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीनरतीन विकेट लिए। यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एकरएक विकेट हात पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.