एनपिएलः कर्णालीले लुम्बिनीलाई दियो एक सय २९ रनको लक्ष्य

डिसी नेपाल
२८ मंसिर २०८१ १०:३१
108
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई एक सय २९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रन बनायो।

कर्णालीका लासग विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए। उनले ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे। यस्तै अर्जुन घर्तीले २५ रन बनाए। बाबर हायातले २० तथा चाडविक वाल्टनले १३ रन बनाए।

लुम्बिनीका बिकास आग्रीले तीन तथा तिलकराज भण्डारीले दुई विकेट लिए। यस्तै साद बीन जाफर, रेमन सिमण्ड्स र रोहित पौडेलले समान एक एक विकेट लिए।

जारी एनपिएलमा लुम्बिनीले आज आफ्नो अन्तिम खेल खेल्दैछ। ६ खेल खेलेको लुम्बिनी एक खेलमा विजयी भएको छ भने पाँच खेलमा पराजित भएको छ। कर्णाली भने हालसम्म पाँच खेल खेलेको छ। जसमा दुई खेलमा पराजित तथा तीन खेलमा विजयी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.