गोलबजार नगरपालिकाद्वारा अनलाइन भुक्तानी सेवा सुरु

डिसी नेपाल
१४ माघ २०८१ २०:००
164
Shares

सिरहा। यहाँको गोलबजार नगरपालिकाले अनलाइन भुक्तानी सेवा (इएफटी) सुरु गरेको छ। चेकरहित भुक्तानी सेवाको अवधारणास्वरुप आइतबारदेखि अनलाइन भुक्तानी सेवा सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले अनलाइन प्रविधिको प्रयोगले सेवाग्राहीलाई राहत पुगेको र नगरपालिकाको सेवा प्रवाहमा नयाँ आयाम थपिएको बताए। अब नगरपालिकाले उपभोक्ताको खातामा प्रत्यक्ष रकम ‘ट्रान्सफर’ गर्ने प्रक्रिया अपनाउने जानकारी दिए।

नगरपालिकाले अनलाइन भुक्तानी सेवाको प्रभावकारिता बढाउन सूचना प्रविधि विभागलाई सशक्त बनाउँदै उपभोक्तालाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.