जोशी हाइड्रोपावरको वार्षिक साधारण सभा आज बस्दै
कमठमाडौं। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा मंगलबार बस्दैछ। सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।
यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ। कम्पनीको २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ। सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन्।







डिसी नेपाल







Facebook Comment