फेरि घट्यो सुनको भाउ

डिसी नेपाल
१५ माघ २०८१ ११:४२
936
Shares

कमठमाडौं। नेपाली बजारमा लगातार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५९ हजार २०० रुपैयाँमा झरेको छ।

यसअघि सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *