राजकीय पदमा पुगेका व्यक्तिको छानबिनका लागि न्यायिक आयोग गठन होस् : स्वर्णिम वाग्ले

डिसी नेपाल
१८ माघ २०८१ १६:०१
220
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले राजकीय पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिनका लागि न्यायिक आयोग गठनको माग गरिने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन्।

यो अब आफूहरूको चिरस्थायी माग हुने उनले बताए। ‘नेपालको जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन हुनुपर्नेछ। सबै राजकीय पद ग्रहण गरेका नेताहरूको सम्पत्ति छानबिन गरेर अब हामी अगाडि जानुपर्नेछ। यो हाम्रो चिरस्थायी माग हुनेछ,’ उनले भने।

सबै भ्रष्टाचारकाण्डको छानबिनका निम्ति समिति माग गर्ने उनले बताए। अहिले चलनचल्तीमा आएका सबै काण्डको पनि एकएक गरेर छानबिन समिति मागिने उनको दाबी छ।

भुटानीदेखि कम्बोडियासम्म, बाइडबडीदेखि एनसेलसम्म, बालुवाटारदेखि गिरीबन्धुसम्म यी सबैको छिनोफानो आफूहरू गर्नुपर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *