सदन सरकारी दमनको साक्षी बन्यो, रविको निलम्बन फुकुवा होस् : सांसद गौतम

डिसी नेपाल
२४ माघ २०८१ १७:५१
272
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्य कानुनको प्रयोग गरी रवि लामिछानेको पद निलम्बन गर्नु सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोग भएको र त्यसको साक्षी सदन बनेको आरोप लगाएकी छन्।

‘सरकारलाई लोकतन्त्रको सम्झना आए छ। पाँच महिनाको अन्तरालपछि भए पनि संसद खोल्ने जमर्को गरेछ। यो संसद सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको हो की भन्ने गम्भीर प्रश्न बोकेर आएको छ। गत संसदीय निर्वाचनमा सबैभन्दा फराकिलो मतान्तरले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेलाई राज्यले झुटो अभियोग लगायो। संसदलाई फलानो अभियोग दर्ता भएपछि त संसद पद निलम्बन हुन्छ नि भनेर पत्र लेख्यो र संसद सचिवालयले विशेष अधिकारको वास्ता नगरी अन्य कानुनमा टेकेर सासंदको पद निलम्बनको सूचना टाँस नै गर्यो । अन्य कानूनको प्रयोग गरी संसद पद निलम्बन गर्नु कानून विपरित छ त्यसैले सांसद पद फुकुवा गर्न विनम्र आग्रह गर्दछु,’ उनले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.