संसद् चलिरहँदा प्रधानमन्त्री टिकटकरसँग व्यस्त रहनु दुखद् : माओवादी

डिसी नेपाल
२७ माघ २०८१ १७:५१
916
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले सरकारले ल्याएको अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’भनेको जस्तो भएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको बताएका हुन्।

उनले प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरु पनि आफैंले ह्यान्डल गर्ने विपक्षी दलको नेताको मनतव्य सुन्न छाडेर टिकटकरसँग गफ गरेर बस्ने गरेको आरोप लगाउँदै ‘ओलीको के खुस्कियो’अब यो बुझ्न बाँकी रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *