गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
गोरखा। गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात पर्न थालेको छ। जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा आज दिउँसोदेखि हिमपात पर्न सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिए।
चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको उनले बताए। हिमपातका कारण स्थानीयवासीलाई घरबाहिर निस्कन समस्या परेको छ। ‘दिउँसोदेखि नै लगातार हिमपात भइरहेको छ। हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित हुन थालेको छ’, लामाले भने।
हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका पथप्रदर्शक सूर्य खनालले जानकारी दिए। ‘यत्तिकै हिमपात परिरहे लार्केपासतर्फ अघि बढ्नेसक्ने अवस्था हुँदैन। आइतबार बिहानसम्मको अवस्था हेरेर मात्र अघि बढ्ने वा फर्कने भन्ने निश्चित हुन्छ’, उनले भने।
हिमपातले लार्केपासको पदमार्ग पूरै ढाकेको छ।







डिसी नेपाल







Facebook Comment