लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरी : डा. स्वर्णिम वाग्ले
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरी भएको बताएका छन्।
सुर्खेतमा रास्वपाको बाचापत्र सार्वजनिक गर्दै लोकतन्त्रको रक्षाका लागि मध्यम वर्गका नेपालीहरुको आयस्तर बढाउनुपर्ने बताएका हुन्।
आगामी पाँच बर्षमा नेपालीहरुको प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने प्रतिबद्धता आफ्नो पार्टीको रहेको दाबी गरे।
‘नेपालीहरु सम्पन्न नभई मुलुक समृद्ध बन्न सक्दैन’ उनले भने, ‘त्यसका लागि नेपालीहरुको आय स्तर बढाउन जरुरी छ। त्यो योजना राष्ट्रिय स्वतन्त्र पार्टीसंग मात्र छ।’ फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झना गर्दै वाग्लेले भने, ‘२००७ साल फागुन ७ गते नेपालीहरुलाई रैतीबाट नागरिक बनाएको ऐतिहासिक दिनले विशेष महत्व बोकेको छ।’
उनले अबको राजनीति पुस्तान्तरणसंगै मुलुकको आमुल परिवर्तनको मार्गमा हिड्नु पर्नेमा जोड दिए। मुलुकको आर्थिक विकासका लागि कर्णालीका डाँडापाखाहरु उर्वर रहेकोले यहाँको आवश्यकता अनुसार प्रविधीसंग जोड्न सक्ने नेतृत्वको खाँचो रहेको उनको भनाई छ।
मुलुकमा सुशासन कायम गर्न सकेमात्र नेपालको विकासले फड्को मार्न सक्ने भन्दै रोजगारीको सिर्जना, गुणस्तरीय पूर्वाधार र सुशासनका एजेन्डाहहरुलाई रास्वपाले बाचापत्रमा समेटेको उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment