अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उदघाटन खेलमा म्यानमार विजयी

डिसी नेपाल
५ फागुन २०८१ १७:३९
500
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले उदघाटन खेलमा विजयी भएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले पराजित गरेर विजयी सुरूवात गरेको हो।

म्यानमारको जितका लागि कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरेका थिए भने एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन्। सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन्।

दुबै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।  पहिलो जितसँगै ४ देशसम्मिलित प्रतियोगितामा म्यानमारले तीन अंक जोडेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.