प्रभासको महत्वकांक्षी फिल्म ‘फौजी’मा आलिया भट्ट पनि देखिने

डिसी नेपाल
६ फागुन २०८१ ९:०२
212
Shares

मुम्बइ। ‘कल्किः २८९८ एडी’ बाट बक्स अफिसमा धुम मच्चाउने प्रभाससँग अहिले एक–दुई होइन करिब आधा दर्जन ठूला फिल्म रहेका छन्, जसमध्ये एक हो ‘फौजी’

यो चलचित्रलाई हनु राघवपुडीले निर्देशन गर्दैछन् । अहिले प्रभास फिल्मको सुटिङमा व्यस्त छन् । हालै यो फिल्ममा अनुपम खेर महत्वपूर्ण भूमिकामा देखिने खुलासा भएको छ । अब यसमा आलिया भट्टको पनि प्रवेशको खबर आइरहेको छ ।

केही दिन अघि साउथ स्टार साई पल्लवी ‘फौजी’ मा प्रवेश गरेको खबर आएको थियो । उनको भूमिका महत्वपूर्ण हुने र उनी फिल्मको फ्ल्यास ब्याक कथामा देखिने बताइएको थियो तर अहिले आलिया भट्टको प्रवेशको खबरले फ्यानहरु उत्साहित भएका छन् । सिने जोसले आफ्नो एक रिपोर्टमा आलियाको फिल्ममा विशेष भूमिका हुने बताएको छ ।

समाचारमा ‘फौजी’को कथामा राजकुमारी पात्र रहेको दाबी गरिएको छ । अहिले आलिया भट्टले सोही भूमिका निर्वाह गर्ने बताइएको छ । फिल्ममा अनुपम खेरको प्रवेशको कुरा फौजीका निर्माताले आफैंले पुष्टि गरेका थिए तर अहिलेसम्म आलियाको प्रवेशको खबरलाई लिएर निर्माताकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

अर्थात् आलियाको प्रवेशलाई आधिकारिक रूपमा स्वीकृत हुन बाँकी रहेको जनाइएको छ । तर, यदि यो खबर सत्य हो भने यो आलिया र प्रभासको पहिलो सँगै फिल्म हुनेछ । प्रभासको फौजी लामो समयदेखि चर्चामा छ । यो एक दमदार एक्शन फिल्म हुने बताइएको छ, जसको कथा पनि राम्रो हुने अपेक्षा गरिएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने यसको बजेट करिब ४०० करोड रुपैयाँ छ । यस्तो अवस्थामा यसको स्टार कास्ट पनि ए–लिस्टर्सले भरिपूर्ण हुनेछ ।

अहिले प्रभास आफ्नो अर्को फिल्म ‘द राजा साब’ को रिलिजको प्रतिक्षामा छन् । उनको फिल्म यसै वर्षको अप्रिल १० मा हलमा रिलिज हुने तयारीमा छ भने आलिया भट्टको कुरा गर्ने हो भने उनले आफ्नो करियरमा साउथको एउटा मात्र फिल्ममा काम गरेकी छिन् । उनी एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ मा राम चरण र जुनियर एनटीआर जस्ता स्टारहरूसँग देखिएकी थिइन्।

उनको भूमिका सो फिल्ममा सानो भए पनि उनको अभिनयलाई निकै रुचाइएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.